फोहोर व्यवस्थापन गर्न तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गर्ने ,

                                                                                                फाइल फोटो –

फागुन २६ ,काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाको  फोहोर व्यवस्थापन गर्न पहल गर्ने भएको छ ।  मन्त्री परिषद्को आज बिहिबार बसेको  बैठकले  काठमाडौंको फोहोर व्यवस्थापनलाई तत्काल पहलकदमी लिने निर्णय गरेको हो  । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजका अनुसार तत्काल बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासीसँग समन्वय गरि देखिएका समस्या समाधान गर्न प्रक्रिया थाल्ने निर्णय गरेको  छ  ।

नुवाकोटको  सिसडोल र  दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिंग छत्रे देउराली धुनु वेशी बञ्चरेका स्थानीय बासीले अबैज्ञानिक फोहर ब्यबस्थापनले आफुहरु बिस्थापित हुने भयाबह स्थिति आएको भन्दै अवरोध गर्दै आएका छन्  । सरकारी निकाय तथा विशेष गरि  काठमाडौँ महानगर पालिकाले सिसडोलमा बिगतमा जनता संग सहमत गरे बमिजिम कार्यान्वयन नगरेको उनीहरुको आरोप छ । 

फोहर र मानिस संगै बस्न नसकिने भन्दै स्थानीयले संघर्ष समितिनै बनाएर बिरोध गर्दै आएका उनीहरुले  बुधबार बात पुनः फोहर फ्याक्न अवरोध गर्दै समितिले सिसडोलमा नै फोहरका गाडी रोकेका छन्   ।   

Loading...