५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क हुने

                                                    फाइल फोटो-

फागुन २७,काठमाडौँ –  सरकारले ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने  निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहिबार बसेको  बैठकले  वर्षमा १ पटक ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई  निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने   निर्णय गरेको हो ।

यसैगरी बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्ताव समेत स्वीकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएकाे छ । यसको लागि मन्त्रालयले प्रस्ताव अघि सारेको थियो  ।  

 

 

Loading...