हावाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुका लागि स्वास्थ्य मापदण्डमा खुकुलो

फागुन २६ , काठमाडौं।  हावाइ वा स्थल नेपाल आउने यात्रुका लागि स्वास्थ्य मापदण्डमा खुकुलो पारिएको छ ।  अध्यागमन विभागले आज सुचना जारि गर्दै  कुलो बनाइएको स्वास्थ्य मापदण्ड अनुसार अब यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने जानकारी दिएको हो  । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो ।
तर खोप नलगाएका यात्रुले भने ७२ घण्टा अगाडि  कोभिड -१९ नेगेटिभ आएको रिर्पाेट देखाउनु पर्ने व्यबस्था गरेको छ ।

 

Loading...