ललितपुर महानगरमा उद्यमी महिला मेला हुने

 

फागुन २६ ,काठमाडौँ  । ललितपुर महानगरपालिकाले वडा नम्बर १६ स्थित नागबहाल र इलाननीमा फागुन २७ गतेदेखि तीनदिने महिला उद्यमी मेला आयोजना गर्न लागेको छ ।

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा यही फागुन २७, २८ र २९ गते तीनदिने बृहत उद्यमी महिला मेला २०७८ हुने ललितपुर महानगरपालिका वडा नंबर १६ को आयोजनामा हुने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

यस्तै, मेलामा नेवारी खाना र खाजासहित कुटुम्ब व्याण्डको साङ्गीतिक प्रस्तुति र स्थानीय उद्यमीले बनाएका डिजाइनमा आधारित फेसन, फोटोग्राफी र चित्रकला प्रदर्शनीमा राखिनेछ।

स्थानीय महिलाले उत्पादन गरेका वस्तुहरूलाई प्रवर्धन तथा महिला सशक्तीकरणका लागि महिला उद्यमशीलता अभिवृद्धि गर्न विशेष उदेश्यले उद्यमी महिला मेला २०७८ को आयोजना गर्न लागेको जानकारी  १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो ।

Loading...