सुनको मुल्य ६ सयले बढ्यो

फागुन २७, काठमाडौं । सुनको मुल्य आज प्रतितोला ६ सयले बढेको छ  ।

बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...