मोरङमा प्रहरीमाथि आक्रमण, १८ घाइते, एकको अवस्था चिन्ताजनक

काठमाडौँ, ६ चैत । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा​ माेरङका एसपी जनार्दन जिसीसहित १८ प्रहरी घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको अवस्था चिन्ताजनक भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको छ।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो। सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो।

आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको प्रदेश १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले जानकारी दिए।

Loading...