झलनाथको निर्वाचन क्षेत्रमा ओलीको शक्ति प्रदर्शन आज

                                                           फाइल फोटो 

इलाम ः
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज इलामको सूर्योदय नगरपालिका आउँदै छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको उक्त नगरपालिकामा ओलीले शक्ति प्रदर्शन गर्न लागेका हुन्। ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनसभालाई सम्बोधन गर्ने छन्।

ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका थिएनन्। इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए। खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो।

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ। नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी पूरा भएको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गा देवी भट्टराईले जानकारी दिइन्।

Loading...