शताब्दी पछि रोकिएको हरसिद्धिको नाच दोलखामा नचाईने

  चैत ५,काठमाडौँ – ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच दोलखामा पनि नचाईने भएको छ ।   शताब्दी पछि हरसिद्धिको नाच दोलखामा आउदो चैत २१ देखि २५ गते सम्म हरिसिद्दी भवानी १२ बर्षे मेला आयोजक समिति मूल समारोह समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित यो नाच सुचारु गर्न गत फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकाले  स्वागत तथा नाच ब्यवस्थापनकालागि सहायोग गर्ने नगरप्रमुख भरत केसीले बच्चन दिनु भएको छ  ।

 यसै गरि गत पुष ९ गते ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गिता सत्यालसँगको औपचारिक भेट्घाटका क्रममा भिमेश्वर नगरपालिका प्रमुख भरत केसीको अध्यक्षतामा नगरपालिका भवनको महांकाल सभाहलमा सम्पन्न उक्त तैयारी बैठकले नाच ब्यवस्थापनकालागि दोलखाका बौद्धिक वर्ग लगायत थप स्थानिय जानकार अग्रजदेखि युवाहरु सम्मिलित ५१ सद्स्यीय बृहत् समिती बनाउने निर्णय गरि  दोलखा र ललितपुर हरसिद्धीको ईतिहास र १२ वर्षे मेलाको महत्वबारे दोलखाका संस्कृतिविद शान्ता कृष्ण श्रेष्ठज्युको संयोजकत्वमा अभिलेख तयार गर्ने र संक्षिप्त वृत्तचित्र निर्माण गर्ने पनि तय भए अनुसार काम अगाडी बढाईएको समितिले जनाएको छ  ।

दोलखाका संस्कृतिविद एवं अभियन्ता शान्ता कृष्ण श्रेष्ठले भन्नुभयो  “यस सत्प्रयासले ऐतिहासिक नगरी द्वाल्खा (दोलखा) र ललितपुरबीचको ईतिहास अनुसन्धानका साथै आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन अर्को कोशेढुंगा थपेको छ । उपत्यका निर्माणको श्रेय पाएका मन्जुश्रीको पाइलाका डोब, दोलखा भिमसेन लगायतका प्राचीन संस्कृतिदेखि तिब्बत नेपाल ब्यापारको रेशमी मार्ग र हरिसिंह देवपछिको मल्लकालिन राज्य स्थापनामा उल्लेख्य योगदान रहेको दोलखाको धार्मिक, साँस्कृतिक इतिहासमा प्राचीन ललितपुरसँगको सम्बन्ध पुनर्जिवित गर्न यस कार्यले ऐतिहासिक महत्व राख्ने छ । ”