जनता संग प्रत्क्ष सम्बन्ध राख्ने बिषयमा स्वयं सेवक भूमिका निभाउन “ जनसरोकार दस्ता ” को घोषणा

चैत ३.काठमाडौँ – भाषा-सांस्कृतिक सम्पदाको संरक्षण, अन्याय-अत्याचार र भ्रष्टाचारको बिरुद्दमा  ” जनसरोकार दस्ता ” घोषणा भएको छ । जनता समाजवादी पार्टी, नेपाल, नेवा: राष्ट्रिय समिति अन्तर्गत गठित जनसरोकार समन्वय समितिले आज ५१ जवानको दस्ता घोषणा गरेको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले एक कार्येक्रम बीच युवा दस्ताका सदस्यहरुलाई ज्याकेट प्रदान गर्नु भयो ।  मंत्री श्रेष्ठले आम जनतासंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दा मामिलाको उचित संबोधन, समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको यो स्वयं सेवक दस्ताले सस्थाको रुपमा काम गर्ने दाइत्वका साथ् गठन गरिएको बताउनु भयो ।

‘ हामीले अन्तर्राष्ट्र क्षेत्रमा पनि नेसनल भोलिन्तेर्सले जनताका सहयोगी भएर काम गरेको देखेको छु ।  युवा समुह दस्ताको स्वरुपमा जनताको पिर मार्कालाइ साथ दिइ अग्रगामी भूमिका निर्वाह हर्न सकोस भनेर जनसरोका समितिले अगाडी सारेको यो जिम्मेवार सस्था हो । नेपालमा अहिले पनि राज्यका संयन्त्रहरु परिवर्तन हुनसकेको छैन ।पटक पटक जनक्रान्तिहरू भए ,राजनैती परिवर्तन भएपनि येहाको ब्युरोक्रातिक संरचनाहरु राज्ययेंत्रहरु परिवर्तन भयन , अरुदेश्मा क्रान्ति पछी सबै संरचना परिवर्तन हुन्छ । तर राज्यका येन्त्र उही रहने त्यो अनुसार हामीले चाहे अनुसार अग्रगामी परिवर्तन हुन सकेन, जनसरोकार समितिले बिगतमा जनता संग सरोकार रहेका विभिन्न समस्याहरुमा स्व्येम सेवकीय भूमिका निर्वाह गर्दै आएको हुनाले ,अब यो दस्ताले आगामी दिनमा आझै कुसल जिम्मेवारी भूमिका निर्वाह गर्ने छ ।  ’ युवा दस्तालाइ संबोधन गर्दै मंत्री श्रेष्ठले भन्नु भयो  ।

काठमाडौ, भक्तपुर र ललितपुर जिल्लालाई केन्द्रि बिन्दु बनाई अभियान अघि बढ्ने जनसरोकार समन्वय समितिको अध्यक्ष श्याम कृष्ण प्रजापतिले बताउनु भयो ।  श्याम कृष्ण प्रजापतिको नेतृत्वमा  ललितपुर जिल्ला कार्यबाहक अध्यक्षमा कर्मा महर्जन र  भक्तपुर जिल्ला अध्यक्षमा श्याम सिल्पकारलाइ  जिम्मेवारी दिइएको छ  ।
जनसरोकार समितिले बिगतमा उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तार , खोकना फासट्याक , गुठि विधयक आन्दोलन  लगाएत जनतासंग प्रतक्ष् सरोकार रहेका जनअधिकारको पक्षय र बिषयमा शसक्त आवाज उठाउदै सडक संघर्षमा जिम्मेवारी भुमिका निर्वाहा गर्दै आइरहेको छ ।