चैत्र २ ,काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट वर्तमान उपमेयर हरिप्रभा खड्की उम्मेदवार बन्ने सम्भावना बढेर गरेको छ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी श्रीमती तथा पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेकी सृजना सिंहले आज ट्वीट गर्दै आगामी स्थाय तहको चुनावमा हरिप्रभा मेयरको उम्मेदवार बन्ने संकेत गर्दै लेख्नु भएको छ ।
उनले ट्वीटरमा लेखेकी छिन्,‘पुरुष मेयर हेर्यौं अब महिला मेयर हेरौं रोजौं ।’
काँग्रेसको राजनीतिमा बलियो प्रभाव रहेका र काठमाडौं उपत्यकामा बलियो पकड बनाएका प्रकाशमान सिंहले पनि हरिप्रभालाई नै अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।
काठमाडौं र ललितपुर काँग्रेसमा सिंह निकट पार्टी सभापतिहरु जितेकाले पनि उनीनिकटहरुले टिकट पाउने आँकलन गरिएको छ । यसकारण पनि उपत्यकामा टिकटका दाबेदारहरु चाक्सीबारीमा बढी देखिन थालेका छन् । उपमेयर खड्गीले पनि समुदाय आवद्द विभिन्न कार्येक्रममा खुल्ला रुपमा नै आगामी स्थानीय चुनावमा पुनः काठमाडौँ महानगर पालिकाको प्रमुख पदमा जिम्मेवार पाउने बिस्वास राखी आउनु भएको छ ।