रुसी राष्ट्रपति पुतीनलाइ युद्ध अपराधी घोषणा गर्ने अमेरिकी सिनेटको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन

 अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

 हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै अमेरिकी सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले  प्रस्ताव पारित गरेका छन्। 

मंगलबार मतदान अघिको भाषणमा डेमोक्र्याटिक सिनेटर चक शुमरले पुटिनलाई युक्रेनमा भएका ‘अत्याचार’का लागि जिम्मेवार ठहराउनुपर्ने बताए।

बिल पेश गर्ने रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले एक विज्ञप्ति जारी गर्दै आफुहरुको अर्को कदम भनेको आफ्नो बेलायती र अन्य सहयोगीहरूसँग मिलेर युद्ध अपराधमा संलग्न रूसी सैन्य एकाइहरू र कमाण्डरहरूको बारेमा सार्वजनिक जानकारी प्रदान गर्ने सूचना सेल सिर्जना गर्दै उनीहरूलाई लज्जित गराउने अभियान चलाइने  बताए।

बीबीसीबात