विशेष सूचनाका आधारमा ३३ किलो गाँजासहित भारतीय पक्राउ

काठमाडौं ४ फागुन । ३३ किलो गाँजा कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो। यादवले चलाएको जेएच९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई […]

महराको आज अन्तिम सुनुवाइ

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने बताएका छन । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’ यसअघि ३ पुसमा महरालाई थुनामा […]

३ महिनामै भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाइने मन्त्री दुलालको दावी

बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् । प्रदेश सरकार मातहत रहेको भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित यस अस्पतालको पटक पटक अनुगमन गर्दै आएका मन्त्री दुलालले शुक्रवार आकस्मिक अनुगमन गर्दै उक्त प्रतिवद्धता प्रकट […]

सांसदको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौँ, २ फागुन— संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनको सूचना कांग्रेसले संसद सचिवालय र सभामुख अग्नि सापकोटालाई जानकारी गराएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले सांसद उपाध्यायको शुक्रबार बिहान निधन भएको जानकारी गराइएको बताइन् । उनले कार्यव्यवस्था परामर्श समितिमा पनि उक्त कुरा राख्ने जानकारी दिइन्। बहालवाला सांसदको निधन भएकाले शुक्रबार २ बजेका […]

गच्छदारसहित १७२ जनाविरुद्ध गृह मन्त्रालयले दियो ठगी र किर्ते गरेको जाहेरी

काठमाडौँ, २ फागुन । बालुवाटारस्थित ललिता निवास जग्गा अवैध रुपमा आफ्नो नाम गराएको प्रकरणमा गृह मन्त्रालयले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्ध किर्ते र ठगीको मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी मा जाहेरी दिएको छ । यसअघि माघ २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते […]

भक्तपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ

मध्यपुरथिमि, २ फागुन । भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । लागुऔषध नाइट्रोपाम ३३० ट्याब्लेटसहित सिन्धुपाल्चोकको यमुनाडाँडा–४ बस्ने २६ वर्षीय रामकुमार खड्का, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने […]

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् । दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने […]

शिक्षक परीक्षामा नयाँ व्यवस्था, हेर्नुहोस् परिवर्तित पाठ्यक्रम

भक्तपुर । शिक्षक बन्न अब बस्तुगत र विषयगत परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । आयोगले नयाँ पाठ्यक्रम पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिने गरेकोमा बस्तुगत(सामान्य ज्ञान) प्रश्न पनि सोधिने भएको छ । शिक्षक हुनका लागि अब हरेक उम्मेद्वारले २ सय पूर्णाङ्कको परीक्षा दिनु […]

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान […]

कोरोना भाइरस संक्रमणको त्रासलेबसाइँ सर्ने तयारीमा खरिपाटीवासी

काठमाडौँ, १ फागुन । नेपाल सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्। चीनको हुबेई प्रान्तको वुहानबाट एक सय ८० भन्दा बढी नेपालीलाई स्वदेश ल्याई खरिपाटीस्थित विद्युत् तालिम केन्द्रलगायत स्थानमा क्वारेन्टाइनमा राख्ने भएपछि रोग सर्ने डरले बसाइँ सर्न लागेको स्थानीयले बताएका छन्। स्थानीयका […]