कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय […]

रोजगारीको कोटा बढाउन दक्षिण कोरियासँग श्रममन्त्रीको आग्रह

काठमाडौं, २८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् । भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली […]

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

काठमाडौँ, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके […]

आफ्नै घरमा गम्भीर घाइते पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको  मुनाको हत्या प्रयास भएको थियो । गम्भीर घाइते भएकि मुनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार […]

१ सय २० अधिकृत अलपत्र, पत्र लिएर महिनौं भौतारिए

काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् । लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय […]

विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा […]

कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शनिबार र […]

आज रंगशालाको धनधान्याचलमा कलाकारहरुले यति ठुलो सहयोग

चितवन, २६ माघ । रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ ।  चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा धनधान्याचल महोत्सवमा आज कलाकारहरुले आर्थिक सहयोग गरेका छन् । धनधान्याचल महोत्सव स्थलमा पुगेर कलाकारहरुले सहयोग गरेका छन् । सुपर हिट चलचित्र ‘छक्का पञ्जा’ सिरिज टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ […]

आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन, शालीनदीमा मेला भर्नेको घुइँचो

काठमाडौं, २६ माघ । आज माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रतकथा समापन हुने दिन । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म निराहार श्री स्वस्थानीको व्रत बस्ने र पूजाआजा गर्ने गरिन्छ । साँखुस्थित शालीनदीमा मेला भर्नेको घुइँचो लागेको छ । एक महिनासम्म शालीनदीमा मेला लाग्ने […]

माइतीघरमा कांग्रेसको नारा, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’ ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ नेविसंघ लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप […]