डिभिजन वन कार्यालय लमजुङ उत्कृष्ट घोषणा

लमजुङ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङलाई उत्कृष्ट कार्यालय घोषणा गरेको छ ।

जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयमध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बन्न सफल भएको हो । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको दिन उत्कृष्ट कार्यालयको रुपमा घोषणा गरेको कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत पूर्णेश्वर सुबेदीले बताए । कार्यमूल्यांकन मापदण्डको आधारमा कार्यालय उत्कृष्ट बनेको हो ।

कार्यालयको भवन, कार्यालय परिसर, सरसफाई, शौचालय व्यवस्थापन, सूचना बोर्ड, नागरिक बडापत्र, खानेपानी व्यवस्थापन, फाइल व्यवस्थापन, हल, फिल्डको गतिविधी, दैनिक सेवा प्रवाह, कर्मचारी अनुशासन लगायतको कुरालाई मूल्यांकन गरिएको थियो ।

कार्यालयले नयाँ खालका कामको पनि सुरुवात गरेको थियो । लमजुङ जिल्लाको डिजिटल नक्सा निर्माण, किताब प्रकाशन समेत गरेको थियो। प्रदेश सरकारले उत्कृष्ट घोषित गर्दा थप हौसला र ऊर्जा मिलेको बताए । कर्मचारी अभावका बाबजुत पनि राम्रो काम गर्न सफल भएको उनले बताए ।

Loading...