घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।

यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो।

समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाकोजोखिम भारमा पुनरवलोकन गरिनेछ।’

त्यस्तै, उत्पादनशील क्षेत्रको कर्जामा कम ब्याजदरबारे अध्ययन हुने भएको छ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्वन्धमा अध्ययन गरिनेछ।

यो व्यवस्था आगामी त्रैमासिकदेखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस पूरा पाठ

Loading...