३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो । अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ […]

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ज्ञवालीलाई बढुवा गरेको छ ।  प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने […]

नेपाल टेलिकमले ल्यायो आकर्षक योजना सहितको विन्टर अफर, यस्ता छन् सुविधा हेर्नुहोस!

काठमाडौं, २८ माघ । नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । अल टाइम डाटा प्याक अल टाइम डाटा प्याक अन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । किनभने, ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी उपसभापति एवम् संसदीय […]

रोजगारीको कोटा बढाउन दक्षिण कोरियासँग श्रममन्त्रीको आग्रह

काठमाडौं, २८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका छन् । भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथा सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली […]

बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

काठमाडौँ, २७ माघ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके […]

आफ्नै घरमा गम्भीर घाइते पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको  मुनाको हत्या प्रयास भएको थियो । गम्भीर घाइते भएकि मुनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार […]

१ सय २० अधिकृत अलपत्र, पत्र लिएर महिनौं भौतारिए

काठमाडौं, २७ माघ । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नु अगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका हुन् । लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै ९ हजार कर्मचारी छनोट गरी विभिन्न स्थानीय […]

विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

बैतडी, २७ माघ। बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७ सित्तडबाट १ थान पेस्तोल र पर्चा, पम्पलेटहरु सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डेले बताए । पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा […]

कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ । शनिबार र […]