एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ ।

एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो ।

दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।

आजै खोटाङमा एमसीसीको विरोधमा प्रदर्शन भएको छ ।

बुधबार एमसीसी सम्झौताविरुद्ध खोटाङमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकट युवा तथा विद्यार्थी संगठनहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णयविरुद्ध वाइसीएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले दिक्तेल बजारमा संयुक्त रूपमा विरोध जुलुस निकालेका छन् ।

जुलुस किरात चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिव शम्भु घिमिरे र वाइसीएल नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए ।

 

Loading...