प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका […]

आयोगद्वारा आजदेखि निर्वाचनको दैनिक ‘प्रेस ब्रिफिङ’

काठमाडौं ः निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन सञ्चार माध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस […]

दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो। कोरियाको उक्त निर्णयका कारण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उडान तालिका तय भएको थियो। अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको उडान स्थगित भएको श्रममन्त्री […]

राखेपमा देखिएको समस्या तत्कालका लागि समाधान, डा. पोखरेललाई आधिकार प्रत्यायोजन

माघ २७, काठमाण्डाै।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा लामो समयेदेखी नेतृत्वविहीनमा  देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुँदा देखिएको समस्या समाधान तत्कालका लागि आर्थिक लगाएत  प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. […]

पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना

माघ २६, काठमाडौँ । काठमाडौँ महानगरको पहलमा  पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना भएको छ  ।  पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्नु भएको हो ।  काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित […]

कमल थापा द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकाे घाेषणा

 माघ २५ ,मकवानपुर –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नु भएको   छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले गृह जिल्ला हेटाैँडामा आज पत्रकार सम्मेलन गरेर  राप्रपाबाट आफु अलग भएकाे उहाले […]

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने

माघ २४ , काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो  । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । आगामी  जेठ ५ गते  निर्वाचित पदाधिकारीहरुको समयावधिसकिँदै छ ।

देउवा जसरी पनि एमसीसी पारित गर्न लागेपछि प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न अघि बढेपछि सरकार साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन मार्फत आजै सरकारबाट बाहिरिने जानकारी गराएका हुन् । केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग मिलेर एमसीसी पारित गर्ने […]

दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्छ ः राष्ट्रपति

२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका […]

बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाइ कारबाही गर्न पत्रकार महासंघको माग

    माघ २१, काठमाडौँ –  नेपाल पत्रकार महासंघले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ झापा शाखाले जनाएको छ। महासंघ झापा शाखाका […]