पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना

माघ २६, काठमाडौँ । काठमाडौँ महानगरको पहलमा  पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना भएको छ  ।  पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्नु भएको हो ।  काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गर्दै आएको छ  । महानगर पालिकाका प्रमुख शाक्यले पोखरी पूर्ननिमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिलासुस्ती भएको बताउनुभयो । उहाँले चैत्यसँगै यहाँको सास्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपन गर्ने तयारी भएको पनि जनकारी दिनुभयो । महानगर पालिकाकि  उप-प्रमुख खड्गीले नगरवासीलाइ  महानगरले प्रदान गर्नु पर्ने  स्वास्थ्य ,शिक्षामा सहजताका लागि बिभिन्न भूमिका खेल्दै आएको स्मरण गराउदै  स्वच्छ हावाको लागि खुल्ला पार्कको अवधारणा अनुरुप  मौलिक परम्परा झल्किने गरि एतिहासिक कमल पोखरीलाइ महानगले पुनः जीवित युल्याएको बताउनु भयो ।

महानगरको  ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत रहेर  परम्परागत नेवार परम्परा शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण हुदै छ  । 

 
 
 
 
Loading...