काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ । […]
मुख्य समाचार
जेठ ४ मा निर्वाचन गर्न तयारः निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति […]
एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्व खर्च आवस्यक : आयोग
माघ १८,काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन एकै चरणमा गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । प्रधान मन्त्री शेरबहादुर देउवासमक्ष आज पेस भएको ६ पृष्ठ लामो प्रस्तावको निर्वाचन खर्च सम्बन्धी शीर्षकमा आयोगले शीर्षकगत खर्चको विवरण उल्लेख गर्दै आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरे पछी निर्वाचनका लागि आवश्यक अनुमानित […]
मरिससविरुद्ध दोस्रो खेलमा भिडन अलमुताइरीले गरे २ खेलाडी परिवर्तन
काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष […]
चितवनमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो […]
त्रिविको स्थगित परीक्षा फागुनमा हुने
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे […]
बालाजु बाइपासमा सडक विस्तारले विस्थापित ३९ परिवारले मागे पुनर्स्थापना
माघ १६ , काठमाडौँ । बालाजु बाइपासमा सडक बिस्तारको नाउमा हटाइएका ३९ घर परिवारले पुनः स्लाथापनाको माग गरेको छ । पहिले घर रहेको सो स्थान हाल खाली रहेको स्थानमा काठमाडौँ महानगर पालिकाले सूचना केन्द्र भवन बनाउन लाग्दा पिडितले आफुहरु गैरन्यायिक ढंग बात हटाइएको भन्दै अदालतमा गएका थिए । अदालतले सो स्थानमा भैरहेको निर्माण कार्य नगर्न […]
प्रतिनिधिसभाको बैठक फेरि सर्यो, अब माघ २६ गते बस्ने
काठमाडौं, १६ माघ । प्रतिनिधिसभाको बैठक पुन: १० दिन पछि सरेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले […]
थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौ, १५ माघ । देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर […]
संसद बैठक भोलि, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौ, १० माघ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। ‘भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ न्यौपानेले भने, ‘दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि […]










