पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।
 
नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।
 
पछिल्लो समायोजनसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ तथा मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ । एलपी ग्याँसको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोगन गर्नु परेको निगमले जनाएको छ ।
 
यसअघि बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा तथा विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका बेला निगमले पुनः मूल्य बढाएको हो । निगमले दुई साताभित्र दुई पटक मूल्यवृद्धि गरेको छ।
Loading...