एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्व खर्च आवस्यक : आयोग

 माघ १८,काठमाडौँ  । निर्वाचन आयोगले  स्थानीय तह निर्वाचन एकै चरणमा गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

प्रधान मन्त्री शेरबहादुर देउवासमक्ष आज पेस भएको ६ पृष्ठ लामो प्रस्तावको निर्वाचन खर्च सम्बन्धी शीर्षकमा आयोगले शीर्षकगत खर्चको विवरण उल्लेख गर्दै   आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरे पछी  निर्वाचनका लागि आवश्यक अनुमानित खर्च निकालेको  हो ।

छुट्टा छुट्टै  दुइ वा बढी  चरणमा निर्वाचन गर्नु पर्ने  खण्डमा थप खर्च लाग्ने आयोगको अनुमान  छ । गणतन्त्र स्थापना पछी पहिलोपटक २०७४ सालमा गरिएको  स्थानीय तह निर्वाचनमा ८ अर्बभन्दा बढी खर्च भएको थियो  । 

 सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको भन्दै आयोगले यो पटकको चुनावको अनुमानित खर्च विवरण सार्वजनिक गरेको हो।

 
 
Loading...