एन एफ सी फुटकोर्डले ल्यायो गिनीको काँचो काजु नेपाली प्रशोधनमा

माघ १८, काठमाडौँ ।   अफ्रिकी मुलुक गिनीको काँचो काजुलाइ एन एफ सी फुटकोर्ड नेपाली प्रविधिबार प्रोशोधन गरि उपभोक्ता माझ ल्याएको छ  । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) ले  आफ्नो उत्पादन गरेको बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको हो ।

 फुड कोर्टका प्रोप्राइटर कुन्जन आचार्यले गिनिबात ल्याइएका काँचो काजुलाई नौऔ तहको प्रशोधन प्रक्रिया पुरा गरि उत्पादन गरिएको बताउछन । 

‘हामी गिनीबाट काँचो काजु ल्याएर यहाँ प्रशोधन गर्छौं । काठमाडौंमात्र होइन, नेपालभरी धेरै ठाउँमा किन्न पाइएला तर यहाँको काजु खाएपछि तपाईँलाई यसको विशेषता थाहा हुन्छ’ आचार्यले भने । खुवा भने हेटौैंडाबाट ल्याइने आचार्यले भने ।

लण्डनमा १० वर्ष र अबुधाबीमा ३ वर्ष बसेर खानेकुराकै क्षेत्रमा विशेषज्ञता हासिल गरेका आचार्यले नेपालमा रविन्द्र नकर्मी र भिमकुमार श्रेष्ठसँग मिलेर काठमाडौँको प्राइम लोकेसन  महर्जन कम्प्लेक्सबाट आफ्नो व्यवसायको शुरुवात गरेका हुन् ।

ग्राहकलाई नयाँ स्वाद दिन भन्दै भक्तपुरको जगातीबाट ल्याइने स्पेशल पाउँ पनि यस फुड कोर्टमा राखिएको छ । यसैगरी विभिन्न फ्लेवरको आइसक्रीमका विभिन्न प्रकार बात ग्राहकको मनजित्ने  आचार्यको बिस्वास छ  ।  

 

 

Loading...