प्रधानमन्त्रीको युटर्न – ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं

काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै […]

सत्ता गठबन्धनको बैठक फेरि अपराह्न ४ बजे बस्ने

काठमाडौं, १५ माघ । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो। उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको […]

मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका […]

चुनढुंगा उत्खनन्‌‌मा व्यवसायीहरुको बदनियत देखियो, कारबाही हुन्छ : अख्तियार

काठमाडौं, १५ माघ । चुनढुंगा उत्खनन्‌को विषयमा व्यवसायीहरुविरुद्ध अख्तियारले मुद्दा लगाउन नपाउने उद्योगीहरुले बताइरहेका बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लाग्न सक्ने स्पष्ट पारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले खानी तथा खनिज ऐनको पालना गर्नुपर्नेमा व्यवसायीहरुले बदनियत मनसाय राखेर काम गरेकाले उद्योगी व्यवसायीलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ को व्यवस्था […]

निजी तथा ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा जोरबिजोर हट्यो

मंसिर १४,काठमाडौँ ।  काठमाडौं उपत्यकामा तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा भाडामा चल्ने ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा लगाइदै आएको  जोरबिजोर हटाइएको छ ।   यो आदेशसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोरबिजोर प्रणाली शुक्रबार मध्य रातबात   हटेको हो  । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले गत शुक्रबार मंसिर ८ गते […]

फेसबुकबाट महिलालाई धम्की दिने युवक पक्राउ

काठमाडौं, १४ माघ। नेपाल प्रहरीको साइबर ब्‍यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्‍ने ३१ वर्षीय मुक्ति खनाल रहेका छन् । उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ब्‍यूरोले जनाएको छ । उनले वैदेशिक […]

एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना […]

१८ वर्षमाथिका ७० प्रतिशतले पाए कोरोनाको पूर्ण खोप, ३ लाखलाई बुस्टर डोज

काठमाडौं, १४ माघ । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् । त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ […]

न्याय सेवा आयोगको बैठक बोलाइयो

  काठमाडौं, १४ माघ । शुक्रबार २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षाको नतिजाबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी […]

जुम्लामा ४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

जुम्ला, १३ माघ । जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन […]