निजी तथा ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा जोरबिजोर हट्यो

मंसिर १४,काठमाडौँ । 

काठमाडौं उपत्यकामा तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा भाडामा चल्ने ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनमा लगाइदै आएको  जोरबिजोर हटाइएको छ । 

 यो आदेशसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोरबिजोर प्रणाली शुक्रबार मध्य रातबात   हटेको हो  । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले गत शुक्रबार मंसिर ८ गते बात यातायात सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने  निर्णय गरेको थियो ।

कोरोना जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रिकालीन व्यवसाय माघ मसान्तसम्म बन्द गर्ने शुक्रबार जारी आदेशमा उल्लेख छ ।

काठमाडौं प्रशासनले जारी गरेको आदेश- 

 

 

Loading...