मेलम्ची सुरुंग मर्मत गरि चैत मसान्तभित्र खानेपानी वितरण सुचरण गर्न मन्त्री चौधरी निर्देशन

मङ्सिर १४,काठमाडौँ –   खानेपानी मन्त्री  उमाकान्त चौधरीले गएको असारमा आएको बाढीबाट क्षतिग्रस्त भएर बन्द भएको  मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापना गरी आगामी चैत मसान्तभित्र वितरण प्रणाली सुचारु गर्न  गर्ने  ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्। 

मन्त्री चौधरीले आज आयोजनास्थलको स्थलगत निरीक्षण गरि  चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई  मेलम्ची खानेपानी आयोजनाको हेडबक्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुतगतिमा पूरा गर्न निर्देशन दिएका हुन् । 

परीक्षणको रूपमा सो आयोजनाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्‍याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीको नाममा सम्बोधन गर्ने क्रममा यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।    

नेपालको संविधानको धारा ३५(४)बमोजिम प्रत्येक नेपाली नागरिकलाई शुद्ध खानेपानी र सरसफाइ सेवाको पहुँचलाई मौलिक हकको रूपमा संरक्षण गरेअनुसार शुद्ध र गुणस्तरीय खानेपानी नेपाली नागरिकलाई उपलब्ध गराउने जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री चौधरीले मेलम्ची आयोजनाको पुनर्स्थापना गरी काठमाडौं उपत्यकावासीलाई यस वर्षभित्र मेलम्चीको पानी वितरण गरेरै छाड्ने दृढता जनाए। उनले आयोजनाको पूर्ण रूपमा सञ्चालन नभएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्यांकन गर्ने बताए। 

  मन्त्री चौधरीको प्रत्यक्ष निर्देशनमा ठेकेदार कम्पनीबाट बाढीले मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्बाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने अवस्था नरहेकामा आजैदेखि डोजर र स्काभेटरले पहँच मार्ग निर्माण गर्न सुरु गरिसकेका छन्। मन्त्री चौधरीसँगै आज मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य ब्रजाचार्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको प्राविधिक टोली सम्मिलित रहेका थिए।

Loading...