मेलम्ची सुरुंग मर्मत गरि चैत मसान्तभित्र खानेपानी वितरण सुचरण गर्न मन्त्री चौधरीको निर्देशन

मङ्सिर १४,काठमाडौँ।    खानेपानी मन्त्री  उमाकान्त चौधरीले गएको असारमा आएको बाढीबाट क्षतिग्रस्त भएर बन्द भएको  मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापना गरी आगामी चैत मसान्तभित्र वितरण प्रणाली सुचारु गर्न  गर्ने  ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्। 

मन्त्री चौधरीले आज आयोजनास्थलको स्थलगत निरीक्षण गरि  चिनीया ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई  मेलम्ची खानेपानी आयोजनाको हेडबक्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुतगतिमा पूरा गर्न निर्देशन दिएका हुन् । 

 गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्‍याएपछि आयोजनाको मर्मत  गरी पानी वितरणको काम सुचारु गर्न सरकारले सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ। 

मेलम्ची बजारदेखि हेडबक्स रहेको अम्बाथानसम्मको सडक क्षतिग्रस्त हुँदा आयोजनास्थलसम्म पुग्ने बाटो बाढीले बगाएको कारण सुरुंग मर्मत हुन सकेको थिएन ।   मन्त्री चौधरीको प्रत्यक्ष निर्देशन पछी ठेकेदार कम्पनीबाट बाढीले आजैदेखि डोजर र स्काभेटरले सुरुंग प्रवेस मार्ग निर्माण गर्न सुरु गरिएको छ।