सरकारको निर्णय: विपिन जोशी परिवारलाई १० लाख राहत

काठमाडौँ । सरकारले इजरायल मा ज्यान गुमाएका विपिन जोशी का परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले जानकारी दिए।

उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएका थिए। सरकारले उनको परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका सीमित निर्णय मात्र सार्वजनिक गर्ने गरेको भए पनि यसपटक भने विभिन्न निर्णयहरू एकसाथ सार्वजनिक गरिएको छ।

उक्त घटनापछि नेपाली नागरिकको सुरक्षाबारे पनि चासो बढेको छ। सरकारले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।