चितवनमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।

खुला विश्वविद्यालयकाे उपकुलपतिमा बज्राचार्य नियुक्त

नेपाल खुला विश्वविद्यालयकाे उपकुलपतिमा शिलु बज्राचार्य नियुक्त भएकी छन् । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यता नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह नियुक्त भएका छन् । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

Loading...