कमल थापा द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेकाे घाेषणा

 माघ २५ ,मकवानपुर –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नु भएको   छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले गृह जिल्ला हेटाैँडामा आज पत्रकार सम्मेलन गरेर  राप्रपाबाट आफु अलग भएकाे उहाले गर्घाेनु भएको हाे । 

निवर्तमान अध्यक्ष कमल थापाले आफुलाई  झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गर्नुभएको छ  ।

 नयाँ छुट्टै पार्टी खोल्नेबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने उहाको भनाइ छ  ।  निर्मल निवासको हस्तक्षप  पार्टीमाथि पटक–पटक  भएकाे दाबी गर्दै त्याे राम्रो नभएको पत्रकार सम्मेलनमा  बताउनुभयो ।

गएकाे मङ्सिरमा भएकाे एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएकाे थियाे । 

Loading...