प्रतिनिधिसभा भोलि बस्ने बैठकको कार्यसूची सार्वजनिक

माघ २५ , काठमाडौँ  ।  प्रतिनिधिसभा भोलि बस्ने  बैठकको कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

त्यस्तै, सभामुख अग्नि सापकोटाले सभासद् जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् ।

 २०६४ सालको संविधानसभामा समानुपातिकतर्फ नेपाली काँग्रेसबाट  निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।

Loading...