३० वटा होटललाइ क्यासिनो सञ्चालन गर्र्ने अनुमति

 

माघ२४ ,काठमाडौँ –  नेपालमा क्यासिनो सञ्चालन गर्न  विभिन्न ३० वटा होटललेको अनुमति पाएका छन् । सरकारले यस अघि २४ वटा लाइ र हालै थप ६ वटा  गरि जम्मा ३०  वता होतललाइ  क्यासिनो संचालन गर्ने  अनुमति दिएको हो ।

पर्यटन विभागका अनुसार  क्यासिनो संचालन अनुमति पाउनेमा  काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलहरु रहेका छन्  भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएका छन्   

विभागका अनुसार क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल (मिनी क्यासिनो)ले भने एउटै इजाजतले ४ वटा होटलसम्ममा सञ्चालन गर्न पाउँछन । क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनी क्यासिनो (सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटलमा मिनी क्यासिनो सञ्चालन इजाजत पाएका छन । नियमावली पछि अनुमति लिनेको हकमा भने एउटा इजाजतबाट एउटै मात्र होटलमा क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था क्यासिनो नियमावलीमा रहेको  छ ।

क्यासिनोलाई दिएको इजाजत र नवीकरण वापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत संकलन गरेको छ ।

अनुमति पाएका होटलहरुको सुची

 

Loading...