फागुन ९, काठमाडौँ। प्रतिनिधिसभामा आइतबार पेश भएको एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट दिइएको छ । सोमबार आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वाेच्चमा रिट दायर निवेदन दिएका हुन् ।
सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने भएको छ ।
एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेको अधिवक्ता भण्डारीको भनाइ छ ।
यद्यपि, रिट दर्ता हुन भने बाँकी छ ।