एमसीसीबारे एमालेले आधिकारिक धारणा सार्वजनिक गर्दै 

फाल्गुन १७, काठमाडौं । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

 पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार दिउँसो १ बजे तीनकुनेस्थित रोयेल  ब्यांकेटमा पत्रकार सम्मेलन गरेर एमसीसीबारे पार्टीका आधिकारिक धारणा सार्वजनिक गर्न  लागेका हुन् ।

एमालेले संसद बैठक अवरोध गरेपनि फागुन १५ गते आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएको थियो ।सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रले यस अघिनै  त्यसबारेमा प्रष्ट पारिसकेको छ भने एकीकृत समाजवादीले पनि आजै पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिन लागेको छ ।

 

Loading...