घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी

  काठमाडौं, २८ चैत ।  काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ । महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर […]

कोरोनाले नेपालमा भयानक भोकमरी आउने भन्दै कृषिमन्त्री घनश्याम भुषालले नै लेखे यस्तो पत्र

काठमाडौं, २८ चैत । नेकपाका युवा नेता तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण नेपालमा भयानक भोकमरीको अवस्था आउन सक्ने खतरा औँल्याएका छन् । स्थानीय सरकारहरुलाई पत्र लेखी उनले कतिपय मुलुकले कृषि उत्पादनको निकासीमा बन्देज लगाउन थालिसकेको र अन्तर्राष्ट्रिय बजारमा बढ्ने खाद्यान्नको मूल्य थेग्न कठिन हुने बताएका छन् । यस्ताे अवस्थामा […]

शिवराजद्वारा राहत वितरण जारी, तेस्रो दिनसम्म १३सय परिवारलाई राहत

  शिवराज नगरपालिकाद्वारा पहिलो चरणमा वितरण गरेको राहत तेस्रो दिनसम्म १हजार २सय ८८ विपन्न परिवारलाई वितरण गरिएको छ । राहत खरीद तथा वितरण समिति संयोजक उपप्रमुख शिवकुमारी थारुले तेस्रो दिन बुधबार ५सय ४८ परिवारलाई राहत वितरण गरिएको बताइन् । उपप्रमुख थारुका अनुसार तेस्रो दिन वडा नं. १ का २सय, वडा नं. २ का १सय र […]

शिवराज बिपद् कोषमा निजीक्षेत्रको ५लाख आर्थिक, २सय बढी क्वीन्टल खाद्यान्न सहयोग

शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन […]

खुल्यो नेपाल चीन तातोपानी नाका

      सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाका खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी […]

सरकारले उपलव्ध गराएको अवैतनिक राजदूतको सुविधा हटायो

चैत्र २७ ,काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई दिदै आएको कूटनीतिक सुविधा हटाएको छ । अवैतनिक दूतलाइ सरकारले दिएको कुटनीतिक आेहादा र सुविधालाइ दुरुपयोग गरेको कारण देखाई परराष्ट्र मन्त्रालयले यस्तो अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा सबै खोसेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर […]

युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले  मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको हो । मंगलबार युएण्टोले उपलब्ध केन्द्रीय पदाधिकारीको अनलाइन बैठक सम्पन्न […]

जगदम्बा ब्रान्डको उत्पादक नै कालोबजारी अभियोगमा पक्राउ

काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ । व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका हुन् । उनलाई थर्मोगन (ज्वरो नाप्ने यन्त्र) को कालोबजारी […]

भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना

दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको […]

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ […]