कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुसँग सभापति देउवाको छलफल

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।

मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ। त्यसअघि सोमबार विहान गठबन्धनको बैठक बोलाइएको छ ।

Loading...