एमाले अध्यक्ष ओली आइतबार राति पनि पुगे प्रधानमन्त्री निवास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार राति पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।

पार्टी महासचिव शंकर पोखरेलका साथमा अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीबीच आइतवार बिहान पनि छलफल भएको थियो ।

भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएपनि दुई कम्युनिष्ट पार्टीका अध्यक्षको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Loading...