ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी

मालपोत कार्यालय पर्साका ४ कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गरेको मुद्दा खेपिरहेका उनीहरु दोषी ठहर भएका हुन् ।

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन् । उनीहरु संगै वीरगञ्ज महानगरपालिका-२ का ज्याउल हक र यसानुल हक पनि दोषी ठहर भएका छन् । मतियारको रुपमा उनीहरुलाई दोषी विशेष अदालतले दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई दोषी ठहर गरेको हो ।

Loading...