विकास निर्माणका काम जस्तै अब खेलकुद विकासका काम हुन्छ : मेयर काफ्ले

रौतहट,१८ फागुन । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरमा हुने अन्य विकास निर्माणका काम जस्तै खेलकुदको विकासका लागि पनि प्राथमिकता दिने बताएका छन् 

आजबाट चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित बागमती माध्यमिक विद्यालयमा सुरु भएको तेस्रो नगरस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले सो कुरा बताएका हुन्।

मेयर काफ्लेले रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न विधाका खेलाडीहरूले नगरको मात्र नभएर यतिबेला देशकै नाम उच्च बनाउने काम गरिरहेकाले खेलकुदको विकास हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताएका छन्।

मेयर काफ्लेले नियमित खेलकुद गतिविधिमा संलग्न हुने विद्यार्थीहरूको दिमाग चुस्त र स्फुर्त हुने भएका कारण हरेक विद्यालयले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा लगाउनुपर्नेमा जोड दिएका थिए।

तेस्रो राष्ट्रपति कप रनिङसिल्ड खेलकुद प्रतियोगितामा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जय माला चौधरी, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउत लगायतका वक्ताहरूले खेलकुद गतिविधि हुनुपर्नेमा जोड दिएका थिए आज र भोलि चल्ने राष्ट्रपति कप रनिङसिल्ड खेलकुद प्रतियोगितामा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विभिन्न विधाका खेलाडीहरूको सहभागिता रहनेछ।

Loading...