शिवराज बिपद् कोषमा निजीक्षेत्रको ५लाख आर्थिक, २सय बढी क्वीन्टल खाद्यान्न सहयोग

शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन […]

खुल्यो नेपाल चीन तातोपानी नाका

      सिन्धुपाल्चोक । काठमाडौँ बात निकै छोटो दुरीमा रहेको चीन संगको प्रमुख नाका खुल्ला भएको छ । सरकारले कोरोना महामारीलाइ ध्यानमा राखेर संक्रमण भित्रने सक्ने भएपछी गएको माघ १३ मा बन्द गरिएको थियो । चीनमा कोरोनाको प्रकोप नियन्त्रणमा आएसँगै चीनसँगको नाका नेपालले पुनः सञ्चालनमा ल्याइएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको स्वास्थ्य साबधानी […]

सरकारले उपलव्ध गराएको अवैतनिक राजदूतको सुविधा हटायो

चैत्र २७ ,काठमाण्डाै – सरकारले अवैतनिक दूतलाई दिदै आएको कूटनीतिक सुविधा हटाएको छ । अवैतनिक दूतलाइ सरकारले दिएको कुटनीतिक आेहादा र सुविधालाइ दुरुपयोग गरेको कारण देखाई परराष्ट्र मन्त्रालयले यस्तो अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएकाे गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलकाे भीभीआईपी कक्ष लगायतकाे सुविधा सबै खोसेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर […]

युएण्टोको अनलाइन बैठकः शिक्षक विद्यार्थीको स्वास्थ्य र सिकाइको चिन्ता

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले कोरोना भाइरसको महामारकिा बीच शिक्षक र विद्यार्थी वर्गको स्वास्थ्य र सिकाइ प्रति चिन्ता र चासो व्यक्त गरेको छ । लकडाउनको समयमा पनि सांगठनिक सक्रियताका लागि अनलाइनमार्फत् बैठक बस्न शुरु गरेको संगठनले  मंगलबारको अनलाइन बैठकमा यस विषयमा छलफल गरेको हो । मंगलबार युएण्टोले उपलब्ध केन्द्रीय पदाधिकारीको अनलाइन बैठक सम्पन्न […]

जगदम्बा ब्रान्डको उत्पादक नै कालोबजारी अभियोगमा पक्राउ

काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ । व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका सुलभ अग्रवाल प्रहरीको फन्दामा परेका हुन् । उनलाई थर्मोगन (ज्वरो नाप्ने यन्त्र) को कालोबजारी […]

भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना

दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने भएकाले भक्तपुर अस्पतालले यो कोरियन प्रविधि भित्राएको अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले बताए । सम्भावित संक्रमितको […]

कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

काठमाडौं । एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ […]

संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त् भएको हो। […]

२८ वर्षीय बिद्रोही लोक गायिकाको आमरण अनसनमा बसेको २८८औं दिनमा निधन

एजेन्सी । लामो समयदेखि आमरण अनसनमा बसेकी टर्कीको चर्चित लोकस‌ंगीत समूहकी सदस्य २८८ औं दिनमा अनस्थलमै मृत्यु भएको छ । २८ वर्षकी चर्चित गायक हेलिन बोलेकको भोक हड्तालमा बसेकै अवस्थामा मृत्यु भएको हो । टर्की सरकारले हेलिन बोलेक सम्लग्न सांगीतिक ग्रुप योरुम समूहमाथि प्रतिबन्ध लगाएको थियो । साथै उक्त सांगीतिक समूहका तीन सदस्यलाइ जेलमा राखिएको […]

कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइनमा इन्टरनेट

  कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ । जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको […]