फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको […]

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षकै पारिश्रमिक नलिने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् । नेकपा प्रचार बिभाग प्रमुख समेत […]

प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक नलिने(पूर्णपाठ सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण उनले पारिश्रमिक नलिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले आज एक शुभकामना संदेश जारी गर्दै उक्त कुरा बताए । कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने उनले बताएका छन् । कोरोना भाइरसबाट प्रभावित हुने सबै […]

अमेरिकामा कोरोनाले मृत्यु हुने र निको हुने दर अरु देशभन्दा निकै बढी

काठमाडाैं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ। नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ […]

घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि

वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस […]

मेरो बहानामा मेरो देश माथि कुनै षड्यन्त्र नहोस् : जालिम मियाँ (अन्तरवार्ता)

(शुक्रबार भारतीय मिडियाहरुले नेपालबारे एक अफवाह फैलाए । भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइएकाे थियाे र नेपालको पर्साबाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप थियाे । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको थियाे। समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल […]

इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी

काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]

कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीकै ज्यान

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो । न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले […]

प्रचण्डको कुरा ओलीले गरे ठाडै अस्वीकार, कोठामा बसेर निर्देशन नदिन प्रचण्डलाइ चेतावनी

काठमाडौँ । कोरोना महामारीको सामना गर्न सबै राजनीतिक दलहरुलाइ साथ लिनुपर्ने आवाज उठन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय संयन्त्र निर्माणको प्रस्ताव पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरेका थिए । तर, प्रम ओलीले त्यो प्रस्तावलाइ ठाडै अस्वीकार गरेका छन् । उनले प्रचण्डको प्रस्तावलाइ अस्वीकार […]

बाघको आक्रमणबाट कपिलवस्तुमा दुई गम्भीर घाइते

बाघको आक्रमणबाट कपिलवस्तुमा दुई जना गम्भीर घाइते भएका छन् । बाख्रा चराउन जंगलमा गएका जिल्लाको विजयनगर गाउँपालिका-१, नेवलागञ्जका दुई पुरुष घाइते भएका हुन् । घाइते हुनेमा नेवलागञ्ज बस्ने ५५ वर्षे बर्मन रोका र सोही ठाउँका ५० वर्षीय दिलेराम थारु रहेका छन् । अपराह्न साढे ३ बजेतिर जंगलमा बाख्रा हेर्न गएका उनीहरुलाई बाघले आक्रमण गरेको इलाका […]