कांग्रेस महासमितिको निर्णयपछि झस्किएका प्रधानमन्त्री प्रचण्ड नयाँ सत्त्ता गठबन्धन गर्दै

काठमाडौँ, २१ फागुन । सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण गरेका छन् । गठबन्धन नगर्ने कांग्रेस महासमितिको निर्णयले झस्किएका प्रधानमन्त्रीले कांग्रेस संगको गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतसंग सत्ता साझेदारी गर्न लागेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे नयाँ गठबन्धनको बैठक बसी मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी रहेको छ । 

हालसम्म माओवादी केन्द्रबाटबाट वर्षमान पुन र एमाले बाट पदम गिरी र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ । 
 

Loading...