भक्तपुरमा मोटरसाइकल दुर्घटना : पछाडि सवारको गयो ज्यान, चालक सकुशल

गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो ।

सूर्यविनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार काभ्रेपलान्चोकको बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर बस्ने ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा पौने २ बजेको समयमा उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका वडा नं. ४ घर भई हाल काभ्रेको जोरपाटी बस्ने ३७ वर्षीय बिनोद प्रसाद घिमिरेको अवस्था सामान्य छ । उनलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखि घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताएका छन् ।