स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुन्छ : उपराष्ट्रपति यादव

ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए। उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका […]

मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल

काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]

भाजपा सांसदको हलिउडमा डेब्यु

न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् ।  राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]

निजी विद्यालयका शिक्षकको कुटाइबाट बालक अस्पताल भर्ना

मुकेश कुमार यादव, सिरहा ।  सिरहाको एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन्। गोलबजार नगरपालिका–७, चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका–३, खोरीयाका १३ वर्षीय अविनाश यादवलाई निर्घात कुटपिट गरेका हुन्। अविनाश सुरेश यादवका छोरा हुन्। परिवारजनका अनुसार, कक्षाकोठामा पढाइ भइरहेका बेला शिक्षक गुप्ताले अविनाशलाई […]

भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला […]

मुड्केचुलामा वक्तृत्वकला प्रतियोगिता, खगराज प्रथम पछिपछि भूमिका र रेजिना

दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए।  प्रतियोगितामा प्रथमस्थान  खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही […]

तीनकुनेमा तीन सवारी साधन ठोक्कियो, एकको निधन

काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउने नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्। उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताएका छन् । बिहीबार बिहाननै करिब साढे […]

निन्द्रा लागेन ? पढ्नुस् यी पाँच टिप्स !

काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ ।  शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ । यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ: १. निश्चित समयमै सुत्ने […]

भारत र पाकिस्तानबीच फेरि तनाव

काठमाडौ । भारत र पाकिस्तानबीचको तनाव पुनः चर्किएको छ। भारतले “अप्रेशन सिन्धूर” अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा नौ स्थानमा हवाई आक्रमण गरेको छ, जसलाई भारतले आतंकवादी संरचनाहरूको रूपमा वर्णन गरेको छ। यी आक्रमणहरू २३ अप्रिल २०२५ मा भारतीय-प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरिएको बताइएको छ, जसमा २६ जना, प्रायः भारतीय पर्यटकहरू, मारिएका थिए […]

नाष्टलाई प्रधानमन्त्रीको निर्देशन-परिणाममुखी काममा केन्द्रित हुनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को सेवा आयोगको तेस्रो वार्षिक प्रतिवेदन बुझाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई अध्यक्ष डा. खगराज बरालले सोमबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिकहरूलाई प्रोत्साहन हुने, मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि […]