राष्ट्रपति ट्रम्पलाइ गिरफ्तार गर्न इरानले जारी गर्यो वारेन्ट, इन्टरपोलसँग माग्यो मद्दत

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्‍यु भएको थियो। तेहरानका महान्‍यायाधिवक्ता अली अलकासिमेहरले सोमबार भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० […]

एमसिसी अनुमोदनका लागि समय थप्न तयार रहेको भन्दै अमेरिकाले जारी गर्यो विज्ञप्ति

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो। सत्तारुढ नेकपाभित्रको विवादका कारण संसदबाट अनुमोदन हुनबाट ढिलाइ भइरहेको एमसिसी परियोजनालाई स्वीकार गर्ने कि नगर्ने भन्ने […]

डिम्याट खाता अब घरबाटै खोल्न सकिने

काठमाडौं । नेपालमा सबैभन्दा धेरै सेयर कारोबार गर्ने सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले केवाईसी र डिम्याट खाता घरबाटै खोल्न सकिने सुविधा ल्याएको छ। सेमी लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सेवा दिन यस्तो सुविधा थालिएको कम्पनीले जनाएको छ। ‘केवाइसी अपडेट गर्न कम्पनीको वेबसाइटबाट अनलाइन रजिष्ट्रेसन फारम भरी अद्यावधिक गर्न सकिन्छ, साथै डिम्याट खाता नभएका लगानीकर्ताले पनि अनलाइनबाटै […]

सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध

काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्। भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे […]

थप ४६८ कोरोना संक्रमित थपिए, सङ्क्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौँ । सोमवार थप  ४६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभर सङ्क्रमितको संख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । उनका अनुसार आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका […]

निजी विद्यालयहरुले बैशाख महिनाको शुल्क नलिने

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको बताए । […]

विद्युत पावर हाउस भत्किँदा एकजनाको मृत्यु

सुर्खेत, १५ असार । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाकाे खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका-६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो । आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ […]

राजधानीको ललितपुरमा पुग्यो सलह, किसानहरु चिन्तित

ललितपुर, १४ असार । नेपालमा भित्रिएकाे २ दिनमै राजधानीमा सलह आइपुगेको छ । शनिवार तराइृका विभिन्न जिल्लामा देखा परेकाे सलह आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका हुन् । सानाे झुण्डमा रहेकाे भनिए पनि निकै छिटाे सलह फैलिएकाे देखा परेकाे छ । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत क्षेत्रमा देखिएको छ । दक्षिणबाट उत्तरतिर हावा […]

भारतीय सीमामा रहेका सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन चिनले खटायो बिशेष प्रशिक्षक

काठमाडाैं । भारत र चीनबीच सीमा क्षेत्रमा विवाद चर्किरहेका बेला चीनले उक्त क्षेत्रमा रहेका आफ्ना सैनिकलाइ तालिम दिन मार्सल आर्टका प्रशिक्षकलाइ पठाएकाे खबर बाहिर आएकाे छ । तिब्बती पठारमा रहेका सैनिकलाई तालिम दिनका लागि चिनले मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने तयारी गरेकाे खबर केही मिडियाले बाहिर ल्याएका छन् । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि […]

आफैंले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल, १४ असार । आफैंले चलाएकाे कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेकाे निधन भएको छ । तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेकाे बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना […]