सिटी स्क्यान लगत्तै भक्तपुर अस्पतालमा भित्रियो डायलासिस मेसिन

भक्तपुर । भक्तपुरको दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस मेसिन आइपुगेको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको पुष्टि गरे । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ […]

संसदलाई गुमराह गरेको आरोपपछि समितिका सभापति खतिवडाको यस्तो प्रतिक्रिया

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् । सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य […]

दुई गायिकाले भेटे गृहमन्त्री, गाली गर्नेलाई कार्वाही गरिदिन आग्रह

काठमाडौं । सामाजिक सञ्जालमा दुव्र्यवहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या […]

निजामती ऐनमा कुलिङ पिरियड घुसाएकोबारे सभामुखको चासो

काठमाडौं, १७ असार । राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले सहमति बिपरित ‘कुलिङ पिरियड’ घुसाएको रहोस्योदघाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् । संघीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ घुसाएको रहस्योदघाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरवारस्थित कार्यकक्षमा […]

शारीरिक सुगठन प्रतियोगितामा पदक जितेकालाई प्रचण्डको बधाई

काठमाडौं । भुटानको थिम्पूमा जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्। महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको विशेष प्रशंसा गर्दै प्रचण्डले टिम नेपालको समग्र प्रदर्शनप्रति सन्तोष व्यक्त गरे। उनले भने, […]

एसईईमा ४ जिपिए ल्याउने मजदुर परिवारकी श्रेष्ठलाई छात्रवृत्ति दिने सांसद थापाको घोषणा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्यालयबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले घोषणा गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सामुदायिक विद्यालयमै पढेर ४ जिपिए ल्याएकी र आर्थिक अवस्था समेत कमजोर भएकी गोमालाई […]

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो ।  मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन […]

डाक्टरको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै प्रादेशिक अस्पतालमा तालाबन्दी

प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । उपचारका लागि गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको ज्यान गएको हो।  डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन ।  बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै […]

रौतहटमा सर्पको डसाइबाट गयो दुईजनाको ज्यान

रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको ज्यान गएको छ। गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ। पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो।  रिंकु देवीलाई आज […]

मध्यपुर थिमिका जनप्रतिनिधि र कर्मचारीलाई सूचनाको हकबारे अभिमुखीकरण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जनप्रतिनिधि, वडा तथा शाखा प्रमुख र स्वास्थ्य केन्द्र प्रमुखलाई लक्षित गरी सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नागरिक जागरण केन्द्र नेपालसँगको सहकार्यमा आयोजित एक दिवसीय अभिमुखीकरणमा सूचनाको हकको अभ्यास र सूचना सदाचारका बहुपक्षीय आयामबारे छलफल गरिएको हो। नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक कार्यान्वयनले सूचना प्रवाहलाई सहज बनाउँदै […]