चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदाँ ८ को मृत्यु ३६ घाईते

पेनाङ । मलेसियामा रहेको पेनाङ शहरमा मंगलवार बिहानै सडक दुर्घटना हुदा ८  बिदेशी कामदारको दुखद मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको हो ।       सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस एक आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । उक्त […]

यसरी बिक्री हुन्छन भन्सार कर्मचारी

काठमाडाैं, ७ कार्तिक । १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । […]

मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने । सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली […]

बाम गठबन्धनले महरा निरास, महरा भन्छन, “अब घर बसेर अाराम गर्छु”

काठमाडाैं, ७ कार्तिक । संविधानसभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोका रूपमा बुझेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा १ बाट जिते । पहिलो निर्वाचनमा दाङमा विजयी महराको ‘रोल्पा यात्रा’ लाई त्यो बेला महरा दाङमा निकै असुरक्षित महसुस […]

भुकम्पका अढाई बर्षमा ४ सिईओ फेरिए ९२ प्रतिशत पीडित टहरामै

Earthquake-Nepal

काठमाडाैं, ७ कार्तिक । महाभुकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुनिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल । भुकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आईतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् । […]

तेस्रो वरियताका रेग्मी बने मुख्य सचिव, देउवासँग रहेछ यस्तो कनेक्सन

काठमाडाैं, ७ कार्तिक । सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए । विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय […]

पिएसजीमा नेयमारले पाए पहिलाे रेड कार्ड

काठमाडाै । बार्सिलाेनाबाट कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा गएका नेयमारले पहिलाे रेड कार्ड पाएका छन् । अाइतबार राती मार्से विरुद्धकाे खेलमा नेयमारले राताे कार्ड पाएका हुन् । फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति पिएसजी र मार्सेबीच खेल भएकाे थियाे । उक्त खेल बराबरीमा टुङ्गिएकाे छ । राताे कार्ड पाएर नेयमार बाहिरिएसँगै हारकाे […]

राष्ट्रस‌ंघ दिवसमा ललिपुरमा ज्यापु म्यूजियम फिस्टा सुरु हुने

ललितपुर, ६ कार्तिक । ललितपुरलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा अझै विकास गर्न ज्यापू समाजले तीन दिने महोत्सव गर्ने भएको छ । ज्यापु म्यूजियम फेस्टा नाम दिइएको उक्त महोत्सव यही कार्तिक ७ गतेदेखि सुरु भएर ९ गतेसम्म हुने भएको छ । ज्यापु समाज ललितपुरले आइतबार ज्यापु प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो […]

कोठाको भित्तामा लगाइएको रङका कारण यस्तो खतरानाक क्यान्सर हुन्छ

काठमाडौँ, ६ कात्तिक । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गरेका रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ । घर तथा […]