पिएसजीमा नेयमारले पाए पहिलाे रेड कार्ड

काठमाडाै । बार्सिलाेनाबाट कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा गएका नेयमारले पहिलाे रेड कार्ड पाएका छन् । अाइतबार राती मार्से विरुद्धकाे खेलमा नेयमारले राताे कार्ड पाएका हुन् ।

फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति पिएसजी र मार्सेबीच खेल भएकाे थियाे । उक्त खेल बराबरीमा टुङ्गिएकाे छ । राताे कार्ड पाएर नेयमार बाहिरिएसँगै हारकाे संघारमा पुगिसकेकाे पिएसजीलार्इ इडिसन काभानीले अतिरिक्त समयमा गाेल गरेर बचाएका हुन् । यससँगै फ्रेन्च लिग वानमा पिएसजीको हार टरेको छ । निर्धारित ९० मिनेटकाे खेल सकिएपछि चार मिनेट समय थप गरिएकाे थियाे । साेही थपिएकाे चार मिनेटमा काभानीले पिएसजीका लागि फ्रि किक मार्फत उत्कृष्ट गाेल गरेका हुन् ।

खेलको १६ औं मिनेटमा लुइज गोस्टाभोले गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए। नेमारले ३३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ७८ औं मिनेटमा थाउभिनले गोल गर्दै मार्सेलाई पुनः अग्रता दिलाएका थिए।

८७ मिनेटमा दोहोरो पहेलो कार्डसहित रेडकार्ड पाएपछि नेमार बाहिरिएपछि हारको संघारमा पुगेको पिएसजीलाई काभानीले फ्रिकिक मार्फत जोगाएका हुन् । सिजनमा दोस्रो बराबरी खेलेको पिएसजी १० खेलबाट २६ अंकका साथ शीर्ष स्थानमा कायमै छ।

Loading...