अन्ततः निर्वाचन आयोगले नेकपा एमालेलाई दर्ता गर्यो

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्तापहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्ततस् औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो । नेकपा एमाले नाम राखेर दल दर्ता गर्न गत १२ असारमा आयोगमा आवेदन परेको थियो । तत्कालीन […]

 काठमाडौं उपत्यकामा आज राती १२ बजेदेखि यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

 काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने भएको छ […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको […]

किर्ते आरोपी वडा अध्यक्ष एक लाख धरौटीमा रिहा

हुम्ला । आफ्नो नागरिकतामा भएको जन्ममितिलाई केरमेट गरी सामाजिक सुरक्षा भत्ता खाएको आरोपमा पक्राउ परेका खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मगुसिंह बुढा एक लाख धरौटीमा रिहा भएका छन् । विजया बुढाको जाहेरीका आधारमा पक्राउ परेका बुढालाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको थियो । वडा अध्यक्ष बुढा खार्पुनाथ गाउँपालिका वडा […]

राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]

राष्ट्रिय झण्डा जलाएको देखाउने छ जना पक्राउ

राष्ट्रिय झण्डा जलाएको देखाएको अभियोगमा छ जना पक्राउ परेका छन् । युट्युब च्यानल मार्फत उक्त भिडिओ अपलोड गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । सोमबार मंगोल होप अफिसियल युट्युब च्यानलमा राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ अपलोड भएको थियो । त्यसको अनुसन्धानमा जुटेको प्रहरीले छ जनालाई पक्राउ गर्न सफल बहेको हो । प्रहरी प्रधान कार्यालयले हालसम्म […]

अछाममा बाढीको वितण्डा, ६ जनाको शव भेटियो, एकै घरका १० सहित दुई दर्जन बढी वेपत्ता

अछाम । अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ । बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता […]

भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।

अदालत परिसरबाटै पूर्व सांसद गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज उमा भुजेल अदालत परिसरबाटै गिरफ्तार परेकी छन् । पूर्व सांसद समेत रहेकी भुजेललाई मंगलबार साँझ सुनसरी प्रहरीले जिल्ला अदालतको परिसर बाटै पक्राउ गरेको हो । अदालतको आदेशबाट रिहा भएलगत्तै उनी पक्राउ परेकी हुन् । उनी संगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज […]

भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी […]