काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने […]
मुख्य समाचार
साफ यू–२० महिला च्याम्प्यिनसिप फुटबलमा भुटानसँग खेल्दै नेपाल
काठमाडौँ । नेपाली महिला यू–२० फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको बसुन्धारा किङ्स एरेनामा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार साँझ ६ः ४५ बजेबाट सुरु हुनेछ । साविकको विजेता टोली नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र भुटान उमेर […]
प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु
काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]
आश्रम पुगे प्रचण्ड, मानव सेवामा सहयोग पुर्याउन आग्रह
काठमाडौ । आफ्नी पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको दोश्रो स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवन पुगेर त्यहाँ आश्रय लिइरहेकाहरुलाई मिस्ठान्न भोजन गराएका छन् । अध्यक्ष प्रचण्डले आश्रममा आश्रितहरु संग आत्मीय भेटघाट गर्दै आफैले भोजन गराउनुका साथै स्वयं पनि उनीहरूसँगै बसेर खाना […]
८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]
यी हुन् बहुप्रतिक्षित दश हिन्दी फिल्म
मुम्बई । आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् । १. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खादा, माला र परिचय खुल्ने पोसाक लगाउन रोक
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको हो । यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूका लागि लागू हुने कार्यालयले जनाएको छ […]
आज देशका यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। शुक्रबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]
आज माओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । […]
एसईईमा चार जिपिए ल्याउने भक्तपुरका तीस विद्यार्थीलाई सम्मान
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने भक्तपुरका ३० विद्यार्थी र १९ विद्यालयलाई सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच उनीहरु सम्मानित भएका हुन् । नेपाल प्रेस सोसाइटी भक्तपुरले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष […]











