रुखमा बाधिँ आगो लगाएको अवस्थामा काभ्रेमा अज्ञात मानिसको शव

काभ्रेपलान्चोक । काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको समयमा अज्ञात मानिसको शव फेला परेको हो । काभ्रेको पाँचखाल -४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट करिब ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा मुख र छातिमा फलामको तारले रुखमा बाधिँ आगो लगाएको अबस्थामा मृत शव फेला परेको जिल्ला प्रहरी […]

क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका-२ बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।    पक्राउमध्ये वकिल बहादुरले क्यानडा […]

युके पठाईदिन्छु भन्दै ठगी

काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका […]

उपचारका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् ।   दाँतमा अत्याधिक दुखाइ भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन् । वीर अस्पतालका डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

बेलायती सहयोगमा निर्मित भक्तपुर अस्पतालको सुविधासम्पन्न भवन उद्घाटन

england embassador to nepal

काठमाडौं उपत्यकाकै दोश्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा १८ करोडको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । बेलायत सरकारको आर्थिक अनुदानमा नवनिर्मित सो भवनको मंगलवार उद्घाटन समेत गरिएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र नेपालका लागि बेलायती राजदूत रब फेनले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मूल्याङ्कनमा ९८ […]

भक्तपुरमा जीपले लियो पैदलयात्रुको ज्यान

भक्तपुरमा जीपले ठक्कर दिंदा एक पैदलयात्रुको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा पालुङ्गटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने ३८ वर्षीय कमल बयलकोटी रहेका छन् । बुधवार बिहान करिब ६ बजेको समयमा सूर्यविनायक -९ मिलनचोक स्थित अरनिको राजमार्गमा साँगाबाट जगाती तर्फ आँउदै गरेको ना. ५ […]

मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौँ ल्याइदै

  काठमाडौँ २५ बैशाख २०८१ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । रामेछापको मन्थली नगरपालिका-३ स्थित  लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएका हुन् । मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई […]

लाइसेन्सको गुनासो समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर […]

दुवाकोटको प्लाई कारखानामा आगलागी हुँदा २ घाइते, १ करोड ८० लाखको क्षती

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट मोड स्थित प्लाई कार्पेट कारखानामा आगलागी हुँदा २ जना घाइते भएका छन् भने १ करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सन्तोष मान श्रेष्ठले संचालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति करिब १२ बजे अचानक आगलागी भएको थियो । ७ वटा दमकलले करिब ४ घण्टा […]

डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको […]