राहत वितरणका क्रममा झडप, ९ राउण्ड हवाई फायर, ५ प्रहरीसहित ९ घाइते

लहान २२ वैशाख । सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा भएकाे झडपमा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् । तीन दिनदेखि वितरण गरिँदै आएको राहत वितरण भइरहेका बेला मिर्चैया नगरपालिका वडा नम्बर ७ मा सोमबार केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न […]

शिवराज विपद्कोषमा शिक्षकहरु गरे झण्डै ९ लाख सहयोग

शिवराज नगरक्षेत्रभित्र कार्यरत शिक्षकहरुले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८४ हजार ८सय ७९ रुपैयाँ सहयोग गरेका छन् । शिक्षकहरुका विभिन्न संघ संगठनका अगुवाहरु आइतबार नगरपालिका पुगी नगरप्रमुख नेत्रराज अधिकारीलाई कोषमा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गरे । शिक्षा शाखा अधिकृत पूर्णबहादुर विश्वकर्मा, शिक्षक महासंघ शिवराज नगरअध्यक्ष मुक्तिनाथ पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका […]

नेपालगञ्जमा भेटिए एकैदिन १५ कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन १५ जना काेराेनाका संक्रमित फेला परेका छन् । यसअघि ६० वर्षीय एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । तिनै व्यक्तिका सम्पर्कमा रहेकाहरुकाे परिक्षण गर्दा १५ जनामा संक्रमण भएकाे पत्ता लागेकाे हाे । मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने नेपालगञ्ज नगरपालिका वडा नम्बर ७ […]

भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ […]

नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं, १९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ ।  नेकपाले यसअघि एमसीसीबारे […]

कोरोनाबाट विश्वमा संक्रमितको संख्या नाघ्यो ३० लाख

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्चतह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ३६ हजार भन्दा बढी पुगेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १० हजार नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयलको कोरोना […]

प्रहरीले दर्ता गर्न मानेन बाबुराम भट्टराइको अपहरण उजुरी

काठमाडौँ, १४ बैशाख । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । बाबुराम भट्टराईकै नेतृत्वमा अन्य नेताहरु समेत […]

एक हप्तापछि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं, १३ वैशाख । सरकारले एक हप्तापछि लकडाउन खुकुलाे पार्ने तयारी गरेकाे छ । राजधानीसहित केही अन्य जिल्लाहरुमा लकडाउन खुकुलाे पारेर नयाँ माेडालिटीमा जाने तयारी सरकारले गरेकाे हाे । कोभिड–१९ सम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको कार्यदलले सरकारलाइ यस सम्बन्धमा सिफारिस गरेकाे छ । तर यसपटकका लागि भने सरकारले एक साता थप लकडाउन बढाउने भएकाे छ […]

आज ठूलो हावाहुरीसहित वर्षा हुने, सजग रहन मौसमविदको चेतावनी

काठमाडाैं । आज मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले आज शुक्रबार दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जानकारी दिएकी हुन। ‘यसमा […]

रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय

काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् । मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल […]